ठिमीमा केटिएम र हस्कभाना बाइककाे नयाँ डिलरशिप शोरूम

  २०७८ साउन २१ गते ११:४९     विकासन्युज

काठमाडौं । नेपालमा केटिएम र हस्क्यभना बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ठिमीमा आफ्नो १३ औं केटिएम र हस्कभना डिलरशिप शोरूम (टाइम्स अटो इन्टरप्राइजेज) खोलेको छ ।

यो शोरूमले धेरै ग्राहकहरुलाई आकर्षित गर्ने अपेक्षा गरिएको कम्पनीले जनाएकाे छ ।

हंसराज हुलासचन्दले सन् २०१२ मा केटिएम खरिद गरी नेपालमा ल्याएको थियो र अहिले यो ब्राण्ड देशमै सबैभन्दा मन पराइएकोे बाइक ब्राण्ड मध्ये एक हो ।

त्यस्तैगरी स्वीडिश ब्राण्ड हस्कभना सन् २०२० देखि बजारमा उपलब्ध छ । दुवै बाइक सबै केटिएक हस्क्युभर्ना शोरूमहरुमा उपलब्ध छन् ।

अहिलेको दिनसम्ममा केटिएम बाइकहरुले ३०० वटाभन्दा बढि विश्व च्याम्पियनसिप उपाधिहरु जितिसकेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.