डाक्टर तथा नर्सले बिरामीको छाती किन थिच्छन् ?

  २०७८ साउन १६ गते १५:२२     डा. प्रकृति भण्डारी

कुनै न कुनै  माध्यमबाट धेरै जानाले मुखमा मुख वा अक्सिजन मास्क वा शरीरमा अन्य उपकरण लगाएर छाती थिच्दै गरेको प्रकृया त देखेकै हुन्छ । यसलाई मेडिकल भाषामा कार्डियोपल्मोनरी रिसस्सियसन (सीपीआरण भनिन्छ ।

स्वास्थ्यकर्मी र आपातकालीन प्रतिक्रिया समूहले यसको तालिम लिएका हुन्छन् भने धेरै सर्वसाधारणले चलचित्र, सामाजिक सञ्जाल वा अरु कसैबाट यसको बारे केही थाहाँ पाएका हुन्छन् । तर कति व्यक्तिलाई भने यसको बारेमा केही ज्ञान हुँदैन र त्यस्ता व्यक्तिहरुलाई अज्ञानताका कारणले यो जीवन पुनरुत्थान गर्न सक्ने प्रक्रिया प्रति भ्रम हुन्छ । आउनुहोस् आज म तपाईंलाई यस विधिको बारेमा बताउँछु-

सीपीआर भनेको के हो ?

सीपीआर भनेको साधारण भाषामा मुटु(कार्डियो),फोक्सो(पल्मोनरी) पुनरुत्थान हो जुन एक जीवन समर्थन ९लाइफ सर्पोर्ट० को प्रकृया हो । मानव मुटु वा स्वाँस बन्द भएको खण्डमा उच्च गुणस्तर रूपमा तत्कालै सुरु गरेर जीवन बचाउन सकिने यो प्रक्रिया विज्ञान को चमत्कार हो । यो कसरी गर्ने भनेर गाइडलाइनसहरु छन् जसमध्ये अमेरिकन हार्ट एशोसिएसन वा युरोपियन  गाइडलाइनसलाई आधार मानेर यो प्रक्रिया गरिन्छ ।

विशेष आधारभूत कुरा भनेको यसमा नियम बमोजिम श्रृङ्खलाबद्ध रूपमा प्रक्रिया मिलाएर छाती दबाउनु पर्ने र स्वाँस दिनुपर्ने हुन्छ। आपातकालीन प्रतिक्रिया दिने व्यक्ति एक जाना हुँदा ३०ः२ को अनुपातमा र दुई जना हुँदा १५:२ को अनुपातमा गरिन्छ भने अस्पतालमा भएको खण्डमा त्यही प्रक्रिया सँगसँगै अस्पतालका उपकरणहरु जस्तै अक्सिजन, ईसीजी, डिफाइब्रिलेटर, भेन्टिलेटर, औषधि र अन्य थुप्रै उपकरणहरुको सहयोगमा विशेष तालिम लिएका डाक्टर र नर्सद्वारा यो अझै प्रभावकारी रूपमा गरिन्छ ।

यो कस्तो अवस्थामा गरिन्छ ?

कुनै पनि कारणले कोही व्यक्ति अचेत भई रहेको र उसको स्वाँस र नाडी नचलेको अवस्था छ भने यो तत्कालीन रूपमा गरिन्छ । वयस्क उमेरमा धेरै जस्तो मुटुको समस्याले अचेत हुने हुन्छ भने बालबालिकामा धेरै जसो फोक्सोको  कारणले हुन्छ । पुनरुत्थान न गर्ने (डीएनआर) भनेर व्यक्तिले वा संग्रक्षकले  निर्णय दिएको छ भने यो प्रक्रिया त्यस्ता व्यक्तिमा गरिँदैन ।

यसका प्रकारहरु के के हुन् ?

१० आधारभूत जीवन समर्थन (बेसिक लाइफ सपोर्ट) अन्तर्गतको सीपीआरस् यो आपातकालीन अवस्था जहाँ सृजना भएको छ, त्यही ट्रेनिंग लिएको वा यसको राम्रो ज्ञान भएको व्यक्तिद्वारा अरु नजिक भएका ट्रेनिंग लिएका वा नलिएका कोई व्यक्तिको सहयोगमा गरिन्छ। सँगसँगै एम्बुलेन्स वा अस्पताललाई पनि खबर गरिन्छ । यो समयमै सुरु गर्नसके विशेष प्रभावकारी हुन्छ  । र यो प्राथमिक उपचार हो जुन जसले पनि सिकेर गर्न सक्छ ।

२० उच्च जीवन समर्थन (एड्भान्स लाइफ सपोर्ट) अन्तर्गतको सीपीआरस् यो अस्पतालमा गरिन्छ । यो विशेष तालिम लिएका डाक्टर वा नर्सले एकअर्काको सहयोग सँगसँगै अस्पतालका उपकरण र औषधिहरु को  सहयोगमा गरिन्छ । यो अस्पताल लागिसकेपछि वा अस्पतालमा सीपीआर गरिनुपर्ने अवस्था सृजना भएको छ भने गरिन्छ ।

सीपीआरको उद्देश्य के हो ?

यसको उद्देश्य तत्काल नै मुटु र स्वाँस चल्छ भनेर गरिने भने हैन । यसको उद्देश्य भनेको आंशिक रूपमा भएपनि अक्सिजन भएको रगत मस्तिष्क र मुटुमा पुर्याउनु हो, जसले गर्दा शरीरको तन्तुरकोशिका मर्न पाउँदैन र पुनरुत्थान गर्ने उच्च प्रक्रिया गरेर बचाउन सकियो भने पनि मस्तिष्कमा दीर्घकालीन असर हुँदैन ।

यसका फाइदा र बेफाइदा के के हुन् ?

यसको चमत्कार भनेकै यो समयमा सुरु भयो र गुणस्तरिय रूपमा गर्न सकियो भने जीवन बचाउने कोशिशमा  सफल हुने सम्भावना हुन्छ। सँगसँगै गुणस्तरीय सीपीआरले दीर्घकालीन रूपमा मस्तिष्क र अन्य अंगमा हुन सक्ने क्षतिबाट पनि बचाउन सक्छ । र जुन कारणले मुटु नचलेको थियो त्यसको निदान गरेर उपचार गर्न सकिन्छ ।

यसका बेफाइदा भनेको छातीमा दबाब दिएर थिचेको हुँदा करङ्ग भाँचिन सक्ने, आन्तरिक रक्तस्राव हुन सक्ने, फोक्सोमा र दिमागमा असर हुन सक्ने सम्भावना हुन्छ । मुख र श्वासप्रश्वासबाट सर्ने रोगहरू सर्न सक्छ ।

यो प्रकृया गरेर ज्यान बचिहाल्छ भन्ने पनि त हुन्न ,यो एउटा कोसिस् हो, यो भित्र धेरै कारकहरूले भूमिका खेलेको हुन्छ ।

यो प्रतिको भ्रम र यथार्थ

सीपीआरप्रति हाम्रो समाजमा थुप्रै भ्रमहरु छन् जस्तैः

१. डाक्टररनर्सले छाती किन थिचेको होला, त्यही कारणले त ज्यान गएको हैन रु
२. मरिसकेको मान्छेलाई बचाउन खोजे जस्तो नाटक पारेका त हैनन् रु
३. डाक्टर र नर्सले बिरामी माथि पुस अप  गरे ९एक पटक यस्तोसम्म पनि भ्रम सुनियो० तर यथार्थमा यो छाती थिच्ने अनि स्वाँस दिने प्रक्रिया निःस्वार्थ पूर्वक आफ्नु सारा शक्ति दिएर केवल मानव जीवन बचाउन गरीने एउटा वैज्ञानिक तरिका हो ।

(डा. भण्डारी बाल रोग विशेषज्ञ हुन् )

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.