नेपाल उद्योग परिसंघको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित

  २०७८ साउन १२ गते १६:३१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिषघको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् । परिसंघको १८ औं वार्षिक साधारणसभाबाट उनी सर्बसहमतिमा उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

परिसंघमा ७ जना उपाध्यक्ष चयन भएका छन् । त्यसमा ढकालसहित निर्वाण कुमार चौधरी, कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, बीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, र रोहित गुप्ता चयन भएका हुन् ।

साधारणसभाबाट यसअघि नै विष्णुकुमार अग्रवाल अध्यक्ष चयन भएका छन् । अग्रवाल यसअघि परिसंघको वरिष्ठ उपाध्यक्ष थिए ।

उपाध्यक्षमा चयन भएको ढकाल आईएमई ग्रुपका कार्यकारी प्रबन्ध निर्देशक छन् । उनका दाई चन्द्रप्रसाद ढकाल ८ महिना अघि नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए । महासंघका शेखर गोल्छापछि ढकाल अध्यक्ष हुनेछन् ।

परिसंघमा वरिष्ठ उपाध्यक्षमा राजेश अग्रवाल वा निर्वाण चौधरी मध्ये एक हुने सम्भावना रहेको छ । राजेश परिसंघका पुराना र सक्रिय मध्ये उद्योगपति हुन् । निर्माण विनोध चौधरीका छोरा हुन् ।

उपाध्यक्ष कृष्णप्रसाद अधिकारी चितवनका व्यवसायी हुन् भने बीरेन्द्रराज पाण्डे निर्माण व्यवसायी हुन् । राजबहादुर शाह जाउलाखेल डिष्ट्रलरी ग्रुपका प्रबन्ध निर्देशक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.