न्यु प्लाजा क्षेत्र सानोतिनो झरीमै डुवान : स्थानीय समाधान खोज्दै

  २०७८ साउन १२ गते ११:२२     विकासन्युज

काठमाडौं । सानोतिनो झरीमा पनि काठमाडौँको न्यु प्लाजा क्षेत्र डुब्न थालेपछि स्थानीयहरु समस्यामा परेका छन् । गएको बर्षसम्म त यस्तो समस्या थिएन । यो बर्ष त अप्ठ््यारै भइ सक्यो । हिजो (साउन ११) समस्याको समाधान खोज्न भेला भएका स्थानीयले उपप्रमुख प्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र वडाध्यक्ष कुश ढकाल बोलाएर आफ्ना पीर सुनाए ।

‘पानी पर्न थालेपछि डिल्लीबजार सिम्रिक गल्लीतिरबाट आएको खुल्ला ढलले एकैछिनमा डुवाउँछ । पुतलीसडक मोडबाट अनामनगरतर्फको सडक खण्ड जलमग्न हुन्छ,’ समस्या सुनाउँदै उनीहरुले भने, ‘न्युप्लाजाबाट सिंहदरबार, रामशाहपथ हुँदै टुकुचा पु¥याइएको ढलको न्युप्लाजाबाट अगाडि कुन अवस्थामा छ हेर्न पाइँदैन । सिंहदरबारभित्र प्रवेश गर्न हाम्रो पहुँच पुगेन, ढलको बाटो त्यही हो । यसको निकास नभइ सडक क्षेत्रको डुवान रोकिँदैन ।’

समस्याको समाधानका लागि आफ्ना दृष्टिकोण राख्दै उनीहरुले भने, गएको बर्ष पुतली सडकतर्फको ठूलो ढल बनाउँदा कुमारी बैङ्क अगाडि न्युप्लाजाबाट ३ फुटको ढल जोड्न सक्ने ठाउँ बनाइएको छ । बाँसघारी ओरोलोबाट करीव ३ सय मिटर ३ फुटको ढल जडान गर्ने हो भने माथिल्लो भागको समस्या समाधान हुन्छ ।

स्थानीयको कुरा सुनेपछि उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, ढल निकासको समस्या समाधान गर्न पहिले प्रारम्भिक अध्ययन, त्यसपछि प्राविधिक अध्ययन गरेर दिगो समाधान खोज्ने बताईन । ‘हिजो टुक्रे योजनामा काम गर्दा आज यो अवस्था आएको हो । अहिले हतार गरेर भोलि तुरुन्तै समस्या आउने गरी काम नगरौँ, सबै सहभागी बनौँ र दिगो समाधान खोजौँ,’ उनले भनिन ।

त्यसक्षेत्रबाट सिंहदरबार प्रवेश गरेको ढलको बाटो थाहा पाउन आफूले सिंहदरबार क्षेत्रमा प्रवेश नपाएकोले अलमल परेको स्थानीयको गुनासो सम्बोधन गर्दै त्यसका लागि महानगरले समन्वय गर्ने बताईन ।

भौतिक पूर्वाधार विकास विभागका प्रमुख राम थापाले, न्युप्लाजामा ढलको समस्या समाधान गर्न सिंहदरबार जोडिएको क्षेत्र र माथिल्लो क्षेत्र दुईवटै लाइनमा समाधान खोज्नुपर्ने बताए ।

स्थानीयकाअनुसार न्युप्लाजा क्षेत्रमा करीब ३ सय जोखिममा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.