सेन्ट्रल फाइनान्सको बोनस सेयर सूचीकृत

  २०७८ साउन ११ गते १३:२६     विकासन्युज

काठमाडौं । सेन्ट्रल फाइनान्सको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । संस्थाको आज (साउन ११ गते) मात्रै ७ प्रतिशत अर्थात ५ लाख ७६ हजार ३७८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

यससँगै, उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच हुने छ ।

संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ३ प्रतिशत नगद लाभांश पनि वितरण गरिसकेको छ ।

संस्थाको केन्द्रीय कार्यालयसहित १५ वटा शाखा सञ्चालनमा रहेको छ । र, संस्थाले झापाको बिर्तामोडमा पनि शाखा थप गर्न लागेको छ । संस्थाले ललितपुरको कुपण्डोलमा निर्माण गरेको आफ्नै नयाँ कर्पोरेट भवनबाट यही साउन महिनाबाट वित्तीय कारोबार सञ्चालन गर्न लागेको छ ।

बोनस सेयर वितरण पश्चात संस्थाको चुक्ता पुँजी ८८ करोड १० लाख रुपैयाँ रहेको छ । संस्थाको निक्षेप ५ अर्ब ५१ करोड रुपैयाँ र कर्जा लगानी ४ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.