नबिल बैंकको ऋणपत्रमा लगानी गर्दा ८% व्याजदर पाइने, धितो राखी कर्जा लिन सकिने

  २०७८ साउन १० गते १७:४७     विकासन्युज

काठमाडौं । नबिल बैंकले आज (साउन १० गते) देखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र (डिबेञ्चर) निष्काशन गरेको छ । बैंकले ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ नामक सो मात्राको ऋणपत्र आजदेखि बिक्रीमा राखेको हो ।

७ वर्ष अवधि रहेको उक्त ऋणपत्र बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा बिक्रीमा राखेको हो । जसमा लगानी गर्दा वार्षिक ८ प्रतिशत ब्याजदर पाइने छ ।

नबिल बैंकले बिक्रीमा ल्याउने कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने छ ।

उक्त ऋणपत्र नेप्सेमा सूचीकृत भई कारोबार हुने छ । साथै, यसमा लगानी गर्दा बैंक तथा वित्तीय संस्था (नबिल बैंक बाहेक) मा धितो राखी कर्जा लिन सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै, उक्त ऋणपत्रको बिक्री छिटोमा साउन १३ गते र ढिलोमा साउन २४ गते बन्द हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.