बजेटले विद्युतीय गाडीमा लाग्ने महसुल घटाएपछि आयात ह्वात्तै बढ्यो, भित्रिए १ अर्ब बढीका गाडी

  २०७८ साउन ८ गते १९:१०     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्षमा पूर्व अर्थमन्त्री विष्णु पौडेलले बजेट मार्फत विद्युतीय सवारी साधनमा लाग्ने भन्सार महसुल घटाएसँगै विद्युतीय सवारी साधन आयात पनि ह्वात्तै बढेको छ । अघिल्लो आर्थिक वर्षमा कायम रहेको ८० प्रतिशतसम्म लाग्ने भन्सार महसुसलाई‍ उनले १० प्रतिशतमा झारेसँगै विद्युतीय सवारी साधन आयातमा पनि वृद्धि भएको हो ।

गत आर्थिक वर्षमा नेपालमा साढे १ अर्ब ३ करोड ६ लाख ७३ हजार रुपैयाँका विद्युतीय सवारी साधन भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/०७८ को तथ्यांक अनुसार एक वर्षको अवधिमा विभिन्न देशबाट सो रकमा विद्युतीय सवारी साधनहरु नेपाल भित्रिएका हुन् ।

एक वर्षको अवधिमा तीन पाँग्रे सवारी साधन, अनएसेम्बल्ड इलेक्ट्रिक सवारी र कार तथा भ्यान गरी कुल ४ हजार ४ सय ९९ वटा विद्युतीय सवारी साधनहरु नेपाल भित्रिएका छन् । उक्त आयातबाट सरकारले ४६ करोड ८६ लाख ५१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

यो एक वर्षको अवधिमा भारत, चीन, कोरिया, बेलायत लगायतका देशबाट विद्युतीय सवारी साधन र त्यसका पार्टपूर्जाहरु भित्रिएका हुन् । एक वर्षमा चीनबाट ३ हजार २ सय १ विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् । यसमा अनएसेम्बल्ड इलेक्ट्रिक सवारी साधन पनि छन् ।

यस्तै, भारतबाट ९ सय १४, कोरियाबाट ७१ र अमेरिकाबाट १३ वटा विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् । विभागका अनुसार यो एक वर्षको अवधिमा कुल ४ हजार ४ सय ९९ वटा सवारी साधनहरु नेपाल आयात गरिएका छन् ।

अघिल्लो आर्थिक वर्षको तेलनामा गत आवमा विद्युतीय सवारी साधनको आयात धेरे बढेको छ । अघिल्लो आवमा ५ सय ७५ वटा मात्रै विद्युतीय सवारी साधनहरु नेपाल भित्रिएका थिए ।

अघिल्लो आर्थिक वर्षमा तत्कालिन अर्थमन्त्री डा. खतिवडाले विद्युतीय सवारीमा विद्युतीय सवारी साधनमा महसुल वृद्धि गर्दा व्यवसायीहरुले पनि सवारी साधन आयातमा खासै चासाे देखाएका थिएननन् । तर गत आवमा भने सवारी साधनकाे आयात उच्च रुपले वृद्धि भएकाे देखिएकाे हाे ।

अघिल्लो आवमा बजेट मार्फत खतिवडाले बजेटमार्फत ८० प्रतिशतसम्म महसुल पुर्याएका थिए । सो बेला ५० देखि सय किलोवाटसम्मका सवारीमा ४०, सयदेखि १५० किलोवाटसम्म ५० र १५० देखि २ सय किलोवाट क्षमताका विद्युतीय सवारीमा ६० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था गरिएको थियो । साथै २ सयदेखि ३ सय किलोवाटसम्म ७० प्रतिशत र त्यसभन्दा माथिको ८० प्रतिशत महसुल लाग्ने व्यवस्था गरिएको थियो ।

खतिवडाले गरेकाे साे व्यवस्थालाई उल्ट्याउँदै पाैडेलले सबै दर घटाएर १० प्रतिशतमा झारेका थिए । अनएसेम्बल्ड तीन पांग्रे सवारीमा लाग्ने ३० प्रतिशत भन्सार दरपनि उनले १० प्रतिशत मात्रै लाग्ने व्यवस्था गरेका थिए भने अन्तशुल्क पनि खारेज गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.