सभामा जान एशियन लाइफ इन्स्योरेन्सले तोक्यो बुक क्लोजको मिति

  २०७८ साउन ८ गते ११:४५     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स आगामी साउन ३१ गते वार्षिक साधारणसभामा जाँदै छ । उक्त सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले आगामी साउन १७ गते बुक क्लोज गर्न लागेको हो ।

सभाले कम्पनीको पुँजी संरचनामा रहेको संस्थापक र सर्वसाधारण सेयर समूहको विद्यमान ७०ः३० को सेयर अनुपातलाई ६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्वसाधारण सेयरमा परिणत गर्ने विशेष प्रस्तावलाई पारित गर्दै छ ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने छ । सभाले ४ जना संस्थापक र २ जना सर्वसाधारण सेयरधनी र एक जना स्वतन्त्र विज्ञ संचालकलाई मनोनित गर्दै छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐनले निर्धारण गरेको सिमाभन्दा बढी भएको खर्चलाई अनुमोदन गर्ने विशेष प्रस्ताव गरेको हो ।

त्यस्तै, बीमा समिति, कम्पनी रजिष्ट्रार कार्यालय तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावलाई सभाले अनुमोदन गर्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.