नेपाली बजारमा ४९ लाख ९० हजार पर्ने स्कोडा कुशकको गाडी आउँदै, यस्ता छन् विशेषता

  २०७८ साउन ८ गते ११:१७     विकासन्युज

काठमाडौं । नेपाली बजारमा स्कोडाको एसयूभी कुशक गाडी आउने भएको छ । नेपाली अटाे बजारमा पहिलो पटक आउन लागेको उक्त गाडीको आधिकारीक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले नेपालमा गाडी ल्याउन लागेकाे हााे । उक्त गाडी साउन ११ गतेबाट बिक्री शुरु गर्ने कम्पनीले जनाएको छ ।

भारतमा उत्पादन गरिएको उक्त गाडीको बिल्ड क्वालिटी, पर्फमेन्स, ड्राइभिङ प्लेजर, स्टाइल र सुरक्षा युरोपेली मापदण्ड अनुसार नै रहेको जनाइएको छ ।

एक्टिभ, एम्बिसन र स्टाइल गरी ३ ट्रिम र ५ भेरियन्टमा उपलब्ध हुने कुशकको मूल्य ४९ लाख ९० हजार रुपैयाँदेखि ६५ लाख ९० हजार रुपैयाँसम्म तोकिएको छ । एमएडब्लुले नयाँ स्कोडा कुशकका लागि दुई साताअघि नै बुकिङ खुला गरिसकेको कम्पनीले जनाएको छ ।

नेपाली बजारमा कुशकको विभिन्न ५ भेरियन्टको मूल्य सार्वजनिक गरिएको छ । जसमध्येमा एक्टिभ एमटी को मूल्य ४९ लाख ९० हजार, एम्बिसन एमटीको मूल्य ५३ लाख ९० हजार रुपैयाँ, एम्बिसन एटीको मूल्य ५८ लाख ९० हजार, स्टाइल एमटीको मूल्य ६० लाख ९० हजार र स्टाइल एटीको मूल्य ६५ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

के के छन् विशेषता ?

नेपालमा पहिलो पटक आउन लागेको कुशकको गाडीको अगाडिको भागमा चौडा र अद्वितीय स्कोडा ग्रिल, डुअल हेलाइट सेटअप, एलईडी डिआरएल र फग ल्याम्प हुनेछन ।

कुशकमा १.० लिटर टिएसआई इन्जिन दिइएको छ । टर्बो इन्जिन भएकाले यसले अधिकतम ११५ पीएस पावर र १७५ एनएम टर्क उत्पन्न गर्छ । यसमा ६ स्पीड म्यानुअल र अटोमेटिक गियरबक्स रहेको छ ।

कुशकमा मिररलिंक, भेन्टिलेटेड फ्रन्ट सिट, रियर एसी भेन्ट, आकर्षक ड्राइभर इन्फोर्मेसन कन्सोल, क्रुज कन्ट्रोल, रेन सेन्सर, एम्बायन्ट लाइटिङ, वुफरसहितको ६ स्पीकर, अटो डिमिङ आईआरभीएम, स्टेरिङ–माउन्टेड कन्ट्रोल, वायरलेस चार्जर जस्ता फिचर छन् । साथै यसमा सनरुफ, किलेस इन्ट्री, स्टार्ट एन्ड एक्जिट सिस्टम पनि रहनेछ ।

कुशकमा ६ वटा एयरब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट, अटो हेलल्याम्प र वाइपर तथा मल्टिकोलिजन ब्रेकिङ सिस्टम जस्ता सुरक्षा फिचर रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.