उद्योग परिसंघका अध्यक्ष बने विष्णु अग्रवाल, पूर्व खेलाडीदेखि सफल उद्योगीसम्मको अनुभव

  २०७८ साउन ६ गते २३:५०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघको नेतृत्व उद्यमी विष्णुकुमार अग्रवालले सम्हालो छन् । परिसंघको १८ औं वार्षिक साधारणसभाबाट अग्रवाल परिसंघको अध्यक्ष चयन भएर कार्यभार सम्हालेका हुन् ।

अग्रवाल यसअघि परिसंघको बरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । परिसंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । यसअघि उनले परिसंघ अन्तर्गतको योङ इन्टरप्रेनर फोरमको नेतृत्व गरिसकेका छन् । साथै उनले परिसंघको पूर्वाधार विकास समितिको सभापति भएर पनि काम गरिसकेका छन् ।

पूर्व फुटबल खेलाडी समेत रहेका अग्रवाल नेपाल सुपर लिग विजेता काठमाडौं रेजर्स फुटबल क्लबका प्रोमोटर पनि हुन् । उनी नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत अग्रवाल एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक पनि हुन् ।

उनी एमए डब्लु इन्टरप्राइजेज, एमएडब्लु अर्थमुभर, एमएडब्लु इन्भेष्टमेन्ट कम्पनी, एमएडब्लु रेडि मिक्स कंक्रिट, एमएडब्लु इन्जिनियरिङ, भीआर होल्डिङ लगायतका दर्जन कम्पनीका अध्यक्ष हुन् । करिब २०/२१ वर्षकै उमेरमा व्यवसायमा संलग्न भएका उनी एक सफल र अनुभवी व्यवसायीका रुपमा पनि परिचित छन् ।

परिसंघको साधारणभाले ३७ जना राष्ट्रिय परिषद सदस्य समेत चयन गरेको छ । त्यसमध्येबाट ७ जना उपाध्यक्ष चयन हुनेछन् । राष्ट्रिय परिषदमा संस्थापक समूहबाट अमित मोर, रतनलाल केडिया, राहुल कुमार अग्रवाल, सन्दिप कुमार शारडा, वरुण कुमार तोडी, शुलभ अग्रवाल, अमित बेगानी, विकास दुगड, राजेश कुमार अग्रवाल, चन्द्र टण्डन, अनुज अग्रवाल, अर्पित अग्रवाल, दिपक अग्रवाल, सुरज भक्त पौडेल, निर्वाण कुमार चौधरी, बिक्रम सिंघानिया, दिलिप अग्रवाल, शरद कुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य संघाई चयन भएका छन् ।

यसैगरी प्रतिष्ठानगततर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्र राज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मी प्रसाद सुवेदी, गुरु प्रसाद न्यौपाने, राजीव कुमार गुप्ता, राज बहादुर शाह, पम्फा धमला, आशीष गर्ग, द्विराज शर्मा (सिवाकोटी), अशोक शेरचन, तारा प्रसाद पौड्याल र हितेश गोल्छा चयन भएका छन् ।

संस्थागत सदस्य समूहतर्फबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र बसन्तबहादुर चन्द राष्ट्रिय परिषद सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.