युनियन लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

  २०७८ साउन ४ गते १९:२५     विकासन्युज

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि युनियन लाइफ इन्स्योरेन्स र प्रभु क्यापिटलबीच सम्झौता भएको हो ।

इन्स्योरेन्सले २०७८ साउन १ गतेदेखि लागू हुने गरी २ वर्षको लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

यससँगै, युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.