कामना सेवाको प्रगतिः खुद नाफा ४८४ प्रतिशतले बढ्दा निष्क्रिय कर्जा घट्यो

  २०७८ साउन ३ गते १४:२०     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले खुद नाफा ४८४.९० प्रतिशतले बढाएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकले खुद नाफा सो मात्रा अर्थात ५८ करोड ५ लाख रुपैयाँले बढाउन सफल भएको हो ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ११ करोड ९७ लाख रुपैयाँ खुद नाफामा कमाएको विकास बैंकले गत आर्थिक वर्षको सोहि अवधिसम्ममा ७० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

विकास बैंकको ब्याज आम्दानी र फी तथा कमिशन आम्दानी बढेसँगै बैंकको खुद नाफा बढेको हो । यो अवधिमा बैंकको ब्याज आम्दानी २९.९२ प्रतिशत र कमिशन आम्दानी २२.८३ प्रतिशतले बढेको छ । त्यस्तै, सञ्चालन आम्दानी पनि ३३.६४ प्रतिशतले बढेको छ ।

विकास बैंकको सञ्चालन नाफा पनि ३३४.२२ प्रतिशतले बढेको छ । त्यस्तै, अघिल्लो आवमा १३ करोड ७४ लाख रुपैयाँ ऋणात्मक रहेको विकास बैंकको वितरणयोग्य नाफा अहिले बढेर ४३ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

नाफासँगै विकास बैंकको प्रतिसेयर आम्दानी पनि बढेर २६.४ रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको तुलनामा ११२२.२२ प्रतिशतले बढी हो । अघिल्लो आवमा विकास बैंकको प्रतिसेयर आम्दानी २.१६ रुपैयाँ मात्रै थियो । त्यसैगरी, पीई रेसियो घटेर २१.९७, प्रतिसेयर नेटवर्थ बढेर १४८.६१ रुपैयाँ पुगेको छ ।

बैंकको निष्क्रिय कर्जा घटेर १.५ मा झरेको छ भने सीडी रेसियो बढेर ८०.३७ पुगेको छ ।

हाल विकास बैंकको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकले ४४ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरि ३८ अर्ब ८२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तै, विकास बैंकको जगेडा कोषको रकम ५५.१७ प्रतिशतले बढेर ८४ करोड ४३ लाख रुपैयाँ सञ्चित रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.