जनरल इन्स्योरेन्सका सञ्चालक अग्रवालले दिए राजीनामा

  २०७८ साउन ३ गते १०:५९     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक दिपेन्द्र अग्रवालले राजीनामा दिएका छन् । उनले गत असार ३१ गते कम्पनीको सञ्चालक पदबाट राजीनामा दिएका हुन् ।

सो दिन अपरान्ह बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उनको राजीनामालाई स्वीकृत गरेको हो ।

यससँगै सञ्चालक अग्रवालले करिब दुई वर्ष कम्पनीको सञ्चालकको जिम्मेवारी सम्हालेका छन् । उनी २०७६ भदौ १ गते कम्पनीेको सञ्चालकमा नियुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.