सगरमाथा इन्स्योरेन्सले आर्जन गर्यो साढे २ अर्ब बढी बीमाशुल्क, यसरी साट्यो खुशीयाली (फोटोसहित)

  २०७८ साउन २ गते १७:३५     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षमा साढे २ अर्ब बढी रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को अन्तिम त्रैमासिक अर्थात असार मसान्तसम्ममा कूल २ अर्ब ६० करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको हो ।

कम्पनीले गत जेठ मसान्तसम्ममा २ अर्ब २६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । र, निर्जीवन बीमा कम्पनीमध्ये बढी बीमाशुल्क आर्जन गर्नेको दोश्रो स्थानमा पर्न सफल भएको थियो । त्यसपछि एक महिनामै कम्पनीले थप ३४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेर २ अर्ब ६० करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।

यो उपलब्धिसँगै कम्पनीले खुशीयाली साटासाट गरेको छ । कम्पनीले साउन १ शुक्रबार (अर्थात नयाँ आर्थिक वर्षको पहिलो दिन) आफ्ना कर्मचारीमाझ केक काटी खुशी साटासाट गरेको हो ।

कम्पनीले गत असार ३० गते मात्रै आफ्नो २४औं वार्षिक साधारणसभा सम्पन्न गरेको थियो । उक्त सभाले सेयरधनीलाई ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश पाउने छन् ।

सगरमाथा इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित, साढे २ अर्बको बीमा शुल्क आर्जन गर्न सफल

कम्पनीले अघिल्लो आवको तुलनामा ३.५७ प्रतिशतले व्यवसाय वृद्धि भई २ अर्ब २५ करोड रुपैयाँ बराबरको प्रिमियम आर्जन गरी खुद नाफा ३८ करोड ४० लाख रुपैयाँ आर्जन गरेको सभाले जानकारी गराएको छ ।

यसरी साट्यो खुशीयाली

डेपुटी सीईओ एसके रावल र अध्यक्ष चंकी क्षेत्रीले एक अर्कालाई केक खुवाउन लाग्दै

One comment on "सगरमाथा इन्स्योरेन्सले आर्जन गर्यो साढे २ अर्ब बढी बीमाशुल्क, यसरी साट्यो खुशीयाली (फोटोसहित)"

  • Ram karki says:

    सगरमाथामा इन्स्योरेन्स ठग कम्पनी हो,यस् मा दाबी भुक्तानी लिनु पर्यो भने CEO लगाएत उच्च पद्स्त कर्माचारी सङ्को मिलोमतोमा मात्रै भुक्तानी दिन्छ,मिलोमतो गर्न नस्क्ने लाई धेरै बर्ष सम्मा झुलाई दिन्छ,यो पहिले को युनिटि भन्ने ठगी कम्पनी जस्तै हो,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.