गोर्खा इको प्यानल र पूर्व मिस नेपाल खतिवडाबीचको सहकार्यले पायो निरन्तरता

  २०७८ असार २९ गते १३:४१     विकासन्युज

काठमाडौं । गोर्खा इको प्यानलको उत्पादक इन्टरनेशनल ग्रीन डेभलोपर्स नेपाल प्रालिले गोर्खा इको प्यानलको प्रवर्धन गर्न श्रृखला खतिवडासँग गर्दै आएको सहकार्यलाई फेरि निरन्तरता दिएको छ ।

गोर्खा इको प्यानल एक हलुका इन्टरलकिंग प्रिफेब्रिकेटेड स्याण्डविच प्यानल हो । अन्य निर्माण सामाग्रीहरुको तुलनामा यसको उल्लेख्य विशेषताहरुका कारण परिचित छ ।

यसले इन्सुलेसन, वातावरणीय सुरक्षा एवं ऊर्जा संरक्षण जस्ता फाइदाहरु प्रदान गर्दछ । यसैगरी गोर्खा इको प्यानल निर्माणका लागि लागतका हिसाबले समेत उपयुक्त छ ।

पूर्व मिस नेपाल २०१८ श्रृखला खतिवडासँग स्वयम् पनि एक आर्किटेक्ट हुन् ।

यसका साथै उनी वातावरणमैत्री आवासीय भवनहरुको पक्षधरको रुपमा परिचित छिन् भनें उनका कार्यहरुले पनि दिगो निर्माणको प्रवद्र्धनलाई बढावा दिंदै आइरहेको, जसले वातावरण प्रति न्यून असर पार्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.