देउवा सरकारको अर्थमन्त्रीमा ३ पूर्व मन्त्रीको दावी, कसले मार्ला बाजी ?

  २०७८ असार २९ गते १२:५०     विकासन्युज

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्रीको पदमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्। मंगलबार संविधानको धारा ७६ ९५० अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।

सर्वोच्च अदालतले सोमबार संसद विघटन सदर गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुत्त गर्न परमादेश दिएसगैैँ आज साँझ देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन् । चार पटक प्रधानमन्त्री भइसकेका देउवा साँझ पाँचौ पटक प्रधानमन्त्रीमा नियुक्त भएका हुन ।

प्रधानमन्त्रीमा नियक्त भएसँगै देउवाले माओवादी केन्द्र, जनता समाजवादी पार्टी सम्मिलित सानो मन्त्रिमण्डल बनाउने तयारीसमेत गरेका छन् । सोमबार बसेको पाँच गठबन्धनको बैठकमा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले भने मन्त्रिमण्डलमा सहभागी नहुने स्पष्ट पारिसकेकाे छ । देउवा प्रधानमन्त्री हुने बाटो खुलेसगैँ मन्त्रीमा विभिन्न व्यक्तिहरुको नाम चर्चामा आउन थालेको छ ।

अर्थमा तीन पूर्व मन्त्रीको चर्चा

देउवा नेत्तृवको सरकामा हालसम्म दुई जनाकाे नाम चर्चामा छ । अर्थमन्त्रीका लागि कांग्रेस नेताहरु  पूर्व अर्थमन्त्री  ज्ञानेन्द्रबहादुर कार्की र डा. मिनेन्द्र रिजाल दौडमा छन् । रिजाल पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री हुन् । कांग्रेसको महाधिवेशनलाई समेत लक्षित गरेर अर्थमन्त्री नियुक्त गर्ने तयारी भइरहेकाे बुझिएकाे छ ।

माओवादी केन्द्रले अर्थ मन्त्रालय दाबी गरेमा अर्थ दिएर गृह आफुले राख्ने कांग्रेसको तयारी छ । माओवादीले पूर्व अर्थ तथा उर्जा मन्त्री वर्षमान पुन लाई दिने तयारी भएको चर्चा समेत भएको छ । यद्यपि माओवादीबाट मन्त्रीको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिइएको छ ।

अरु काे- काे बन्दैछन् मन्त्री ? 

यस्तै यसअघि समेत स्वास्थ्यमन्त्री बनेका युवानेता गगन थापालाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिने तयारी भएको छ । सभापति देउवाले पहिलो चरणमा तीन जनालाई मन्त्री बनाउने तयारी गरेका छन् । उनले मंगलबार साँझ आफैसगैँ तीन मन्त्रीका रुपमा कांग्रेस, नेकपा माओवादी र जसवाबाट एक/एक जनालाई सहभागी गराउने तयारी भएको जनाइएको छ ।

देउवानिकट स्रोतका अनुसार कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीलाई मात्र मंगलबार मन्त्री बनाउने मनसाय देउवाले व्यक्त गरेका छन् । उनले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालासँग पनि यसबारे छलफल गरेका छन् ।

३० दिनभित्र संसद्मा विश्वासको मत लिनुपर्ने प्रावधान भएकाले त्यसअघि ठूलो मन्त्रिपरिषद् नबनाउने तयारी देउवाले गरेको पनि ती नेताले बताए । यस्तै जसपाकाे उपेन्द्र पक्षले पनि कसलाई मन्त्रीका लागि पठाउने बारे छलफल भइरहेकाे छ ।

प्रधानमन्त्रीमा पाँचाैं पटक प्रवेश

विसं २०४८ मा गृहमन्त्री बनेका देउवाले त्यसपछि पटकपटक गरी तीन पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले । उनी पहिलोपटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भएका थिए ।

त्यसपछि पुनः दोस्रो पटक २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ सम्म प्रधानमन्त्री रहे । असोज १८ मा उनलाई तत्कालीन राजा ज्ञानेन्द्रले पदबाट बर्खास्त गरेका थिए ।

प्रधानमन्त्री देउवा २०६१ जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री भए । तर, राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई असक्षम भन्दै २०६१ माघ १९ गते पुनः पदबाट बर्खास्त गरेका थिए ।

यस्तै,  चोथौ पटक २०७४ साल जेठ १४ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक प्रधानमन्त्री देउवा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.