लस्करले सुरु गर्याे काठमाडाैंमा अनलाइन फुड डेलिभरी सेवा

  २०७८ असार २७ गते १०:३८     विकासन्युज

काठमाडाैं । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले काठमाडाैंमा आफ्नो सेवा सञ्चालन गरेको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो ।

लस्कर फुड्स कोरोना महामारीकोबीच निस्केको एक प्लेटफर्म हो । भौतिक रुपमा मानिसहरु रेष्टुरेण्टमा उपस्थिति नहुने हुँदा आफूले चाहेको खानेकुरा सजिलैसँग घरघरमा पुर्याउने लक्ष्य लस्कर फुड्सले राखेकाे कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन ओस्तीले बताए ।

‘हामीले पहिलो चरणमा देशको राजधानी काठमाण्डौबाट सेवा सञ्चालनमा ल्याएका छौँ । गुणस्तरीय खानेकुरा अनलाइन मार्फत घरमै उपलब्ध गराउने लक्ष्य हाम्रो रहेको छ,’ उनले भने ।

पछिल्लाे समय काठमाडाैं सहरका व्यक्तिहरु व्यस्त हुने गरेको र अनलाइन इ–कर्मस, फुड डेलिभरीप्रति आम नागरिकहरुको आकर्षण बढ्दै गएको पाइन्छ ।

बजारमा दर्जनौं फुड डेलिभरी प्लेटफर्म रहेपनि लस्कर फुड्स तीबाट भिन्न रहेको ओस्तीले बताउँछन् । लस्कर फुड्सको काठमाडाैंकाे विभिन्न ठाउँमा आफ्नै किचेन रहेको र क्षेत्रका आधार मापन गरी सञ्चालन भइरहेको ओस्तीले जानकारी दिए ।

लस्कर फुड्स गत हप्तादेखि मात्रै सञ्चालनमा आएको र सयौंभन्दा बढी ग्राहकले मन पराइसकेको ओस्ती दाबी गर्छन ।

सुरुवाती चरणमा कम्पनीले डेलिभरी निशुल्क गरेकाे छ भने दुइमा एक फ्रि बिरियानी योजना अघि सारेको छ ।

यस्तै प्रभु–पे, इसेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट बिल तिर्न मिल्ने व्यवस्था रहेकाे कम्पनीका निर्देशक मनिष सिंहले जानकारी दिए ।

ठमेल पकनाजोलस्थित रहेको लस्कर फुड्सको कार्यालयमा सिधैं फोन गरेर वा लस्कर फुड अनुप्रयोग (एप)बाट आफूलाई मन पर्ने खाना मगाउन सकिने ओस्ती बताउँछन् ।

कार्यालयको सम्पर्क नम्बर ९८२४११६९२६, ९८०१३०६९२६ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.