नयाँ घर बहाल कर तोक्ने काठमाडौं महानगरको प्रयास असफल, छुट के कस्ता दियाे ?

  २०७८ असार २५ गते ११:४९     विकासन्युज

काठमाडौं । काठमाडौंका सबै घरधनीहरुलाई करको दायरामा ल्याउने काठमाडौं महानगरको प्रयास असफल भएको छ । लामो समयदेखि घर बहाल करको दर कम गरेर सबै घरधनीहरुलाई करको दायरामा ल्याउने महानगरको प्रयास यस पटकका लागि असफल बनेको हो ।
गत वर्षको माघ/फागुनदेखि नयाँ न्यूनतम घर वहाल कर तोकेर सबैलाई करको दायरामा ल्याउने बारे योजना बनाइरहेको महानगर अन्तिमम आउर सो योजनाबाट पछि हटेको हो ।

महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नयाँ घर बहाल कर तोक्ने बताउँदै आएको थियो । तर। विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण सबैलाई समस्या परेको भन्दै सबैलाई करको दायरामा ल्याउन नसकिएको महानगरको भनाई छ ।
महानगरका रावश्व विभाग प्रमुख डा. शिवराज अधिकारी आगामी आर्थिक वर्षका लागि घर बहाल कर तोक्ने विषयमा गृहकार्य भएपनि सफल नभएको बताउँछन् ।

‘हामीले नयाँ घर बहाल कर तोकेर सबैलाई करको दायरमा ल्याउने निर्णय गरेका थियौं, तर त्यसका लागि हाम्रो इफोर्ट पुगेन, कोरोना भाइरसको कारण पनि काम गर्न सकिएन, यस्तो अवस्थामा कर तिर्नुस् भनेर तोकता गर्न पनि गाह्रो नै छ, अब अर्को आर्थिक वर्षका लागि हुने गरी काम गर्छौं,’ उनले भने ।

करदाताले गरेको स्वयम् घोषणा वा बहाल लिने दिने विच भएको सम्झौता बमोजिमको बहाल दर वा कूल बहाल रकम सूत्रबाट कायम हुने दर अनुसारको बहाल रकम भन्दा बढी हुन आएमा स्वयं घोषणा वा सम्झौता अनुसारको रकमलाई बहाल रकम मानी बहाल कर असूल गरिँदै आएको छ । अहिले काठमाडौंका घरधनीहरुले कूल बहाल रकमको बार्षिक १० प्रतिशतका दरले बहाल कर तिर्दै आएका छन् । हाल करदाताले आफुले बहालमा लगाएको बहाल रकम स्वंय घोषणा गरेर कर तर्नि सक्ने व्यवस्था छ ।

‘सम्पत्ती कर लगाउँदा जसरी जग्गाको बाटो अनुसार न्यूनतम दर तोकिएको हुन्छ, त्यसैलाई आधार मानेर हामीले घर बहाल कर तोक्ने तयारी थियो, यसका लागि केही तयारी पनि भइसकेको थियो, प्रतिस्क्वायर फिटको २० रुपैयाँदेखि त्यसको दोब्बरसम्म बहाल कर तोक्ने तयारी थियो,तर यही किसिमले अब अर्को वर्षका लागि काम गर्छौं,’ उनले भने ।

उनका अनुसार आगामी आर्थिक वर्षका लागि आर्थिक ऐन बनिसकेको छ । हस्ताक्षर गरी प्रिन्ट भएपछि आर्थिक ऐन प्रकाशित हुने उनको भनाई छ ।

‘बजेट मार्फत सम्पत्ति करमा पुस मसान्तसम्म १० प्रतिशत छुट दिएका छौं, होटल तथा पर्यटन क्षेत्रका लागि थप ८० प्रतिशत छुट दिएका छौं, यसले पनि उनीहरुलाई केही सहज हुनेछ,’ उनले भने ।

सम्बन्धित सामग्री: विद्युतीय सवारी करमा शतप्रतिशत छुट, घरवहाल करमा २५ हजार छुटदेखि उद्योगी/व्यवसायीलाई राहतसम्म

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.