श्रीलंकन टेक्नोलोजिकल क्याम्पसले ८ जना नेपालीलाई छात्रवृत्ति दिने, ८ जुलाईसम्म आवेदन दिन पाइने 

  २०७८ असार २२ गते १७:०१     विकासन्युज

काठमाडौं । श्रीलंकन टेक्नोलोजिकल क्याम्पस (एसएलटीसी)ले ८ जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । छात्रवृत्ति आवेदन दिने समय ८ दिन थप गरिएको छ ।

यसअघि ३० जुन २०२१ सम्म छात्रवृत्तिका लागि आवेदन दिन पाइने समय भए पनि इक्यानको पहलमा छात्रवृत्तिका लागि आवेदन दिन समय थप गरी ८ जुलाई २०२१ सम्म पुर्याइएको हाे ।

छात्रवृत्तिका लागि आवेदन दिन चाहने इच्छुक नेपाली विद्यार्थीहरुलाई थप गरिएको समय सीमाभित्र आवेदन दिन सक्ने इक्यानले जानकारी दिएको छ ।

छात्रवृत्तिका लागि आवेदन दिनका लागि विषयगत विवरण, निवेदन वा अन्य सम्बन्धमा थप जानकारीका लागि नेपालस्थित श्रीलंकन दूताबासको शाखा वा इक्यानको सचिवालयमा पनि सम्पर्क गर्न सकिने इक्यानको भनाइ छ । साथै विद्यार्थीले दुतावासको वेवसाइटमा गएर वा https://sltc.ac.lk/study/application/apply-now मार्फत् सोझै आवेदन दिन सक्नेछन् ।

क्याम्पसले स्नातक तहको अध्ययनका लागि आईटी र कम्प्युटिङ डिग्री अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि क्लाउड कम्प्युटिङ, साइबर सेक्युरिटी, डाटा साइन्स, सफ्टवेयर इञ्जिनियरिङ जस्ता विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति दिन लागेको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.