चेक बाउन्स गर्ने बुढानिलकण्ठका लाक्पा लामा पक्राउ, १५ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने

  २०७८ असार २२ गते १६:१८     विकासन्युज

काठमाडाैं । बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी लाक्पा लामा चक्रपथबाट पक्राउ परेका छन् । बुढानिलकण्ठका ५९ वर्षीय लामा ५ महिनापछि लुकिछिपी रहेको अवस्थामा पक्राउ परेका हुन् ।

उच्च अदालत पाटनको २०७७ माघ ९ गतेको फैसलाले उक्त मुद्दामा सात दिन कैद र १५ लाख रूपैयाँ जरिवाना ठहर भएकोमा उक्त सजाय बेरुजू रही महत फरार हुँदै आएका थिए ।

लामा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी झुक्यानमा पारी चेक काटी पीडित विकास थापालाई दिएकोमा बैंकिङ्ग कसूरजन्य अपराध गरेको ठहर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.