आइडीपी नेपालले सुरु गर्याे अमेरिकाको जाने विद्यार्थीकाे लागि परामर्श सेवा

  २०७८ असार २२ गते ११:३३     विकासन्युज

काठमाडाैं । आइडीपी एजुकेसन स्टुडेन्ट सर्विसेज नेपालले नेपाली विद्यार्थीहरुको माझमा लोकप्रिय गन्तव्य संयुक्त राज्य अमेरिकाको परामर्श सेवा सुचारु गरेको छ ।

अमेरिका गन्तब्य सुरु गर्दा आइ डी पी ले एक विशेष इ(सेमिनार संचालन गरेर विद्यार्थीहरुलाई अमेरिका मा अध्ययन गर्नका फाइदाहरुको बारेमा जानकारी दिएको छ।

‘अमेरिकाले अन्तरराष्ट्रिय विद्यार्थीहरु लाई उच्च गुणस्तर शिक्षा र बहूसांस्कृतिक अनुभव प्रदान गर्ने भएकोले पहिले देखिनै एक लोकप्रिय गन्तव्यका रुपमा चिनिएको छ,’ आइडिपी नेपालका कन्ट्री म्यानेजर अभिषेक श्रेष्ठले भने ।

उनले नेपालबाट अमेरिकामा अध्ययन गरी आफ्नो जीवनलाई साकार बनाउने सपना बोकेका नेपाली विद्यार्थीहरुलाई विश्वस्तरिय शैक्षिक परामर्श सेवा सुरु गर्न पाएकोमा आफुहरु हर्षित भएकाे बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.