स्मार्टडोको मनसुन अफर: विभिन्न ब्राण्डमा ७३ प्रतिशतसम्म छुट, हरेक दिन एकजनालाई सामसुङ घडी

  २०७८ असार २२ गते ११:०६     विकासन्युज

काठमाडाैं । यो मनसुनमा अनलाइन मेगास्टोर स्मार्टडोकोले ‘स्मार्टडोको मनसुन अफर’ ल्याउने भएको छ ।

यो अफर अन्तर्गत ग्राहकहरुले हरेक दिन एउटा सामसुङ घडी जित्ने मौका पाउनेछन् जसका लागि १५ सयभन्दा बढीको सामान खरिद गर्नुपर्ने हुनेछ ।

कम्पनीले हिमालयन बैंकका प्रि–पेड र क्रेडिट कार्ड प्रयोगकर्ताका लागि १५ प्रतिशत क्यास ब्याकको (५०० सम्म) अफर समेत ल्याएको छ । स्मार्टडोकोले मनसुन र समरका सामग्रीहरु तथा इलेक्ट्रिोनिक्स, बेबी प्रडक्ट, किचनवेयर र अन्य कैयौं सामानमा ७३ प्रतिशतसम्म छुट अफर ल्याएको छ ।

स्मार्टडोकोले सासमुङ, भिडियोकोन, हाइसेन्स, डा. ब्राउन, क्रेन, बीबीलुभ, सीजीजस्ता ब्राण्डहरुमा आकर्षक अफर समेत ल्याएको छ ।

ग्राहकले विभिन्न प्रकारको क्याटेगोरी र सब–क्याटेगोरीमा १० हजार भन्दा बढी प्रडक्टहरु खरिद गर्न सक्नेछन् । जहाँ ग्राहकले सजिलैसँग बेबी केयर इलेक्ट्रिोनिक्स फूड र ग्रोसरी, कोभिड अत्यावश्यक सामग्री, स्वास्थ्य र सुन्दरता, होम एण्ड लिभिङ र अन्य प्रडक्टहरु सजिलै किन्न सक्नेछन् ।

स्मार्टडोकोका ग्राहकले छिटाे र निःशुल्क डेलिभरी चक्रपथभित्र (न्यूनतम २५० रुपैयाँको खरिदमा) र चक्रपथबाहिर र काठमाडौं उपत्यकाबाहिर कम डेलिभरी शुल्कमा सामान प्राप्त गर्न सक्नेछन् ।

यो अफर २०७८ असार २२ गते देखि २०७८ असार २६ गते सम्म मान्य हुने कम्पनीले जानकारी दिएकाे छ ।

हालै आइएमएस ग्रुपले स्मार्टडोकोको प्राप्तिपछि स्मार्टडोको नेपालमा नम्बर वान इकमर्श एप बन्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.