मनकामना स्मार्टको आईपीओ भोलिसम्म भर्न पाइने, हालसम्म कतिले भरे ?

  २०७८ असार २० गते १८:४१     विकासन्युज

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले जारी गरिरहेको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन हो । लगानीकर्ताले भोलि अर्थात असार २१ गते बैंकिङ्ग समयभित्र उक्त सेयरमा आवेदन दिन सक्नेछन् ।

यससँगै हालसम्ममा साढे १७ लाख बढीले संस्थाको आईपीओमा आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धकका अनुसार असार २० गते ६ बजेर १५ मिनेटसम्ममा १७ लाख ६३ हजार ७९४ जना आवेदकले २ करोड ३२ लाख ७ हजार ४६० कित्ता सेयर माग गरेका छन् ।

जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा ६८.९६ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा ३ लाख ३६ हजार ४९२ कित्ता सेयर मात्रै बिक्री गरेको हो ।

लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका ३ लाख ८९ हजार कित्ता साधारण सेयर बिक्री खुला गरेकाे हो । संस्थाले जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत सेयर निष्काशन गरेकाे हाे । जसमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ५८ कित्ता सेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । र, बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.