निशान र ड्याटसनको नयाँ शोरुम अब कलंकीमा पनि

  २०७८ असार १८ गते १४:३१     विकासन्युज

काठमाडौं । निशान र ड्याटसन मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले कलंकीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । निशान र ड्याटसनको आधिकारिक डिलर, मेगा मोटर्सले उक्त शोरुम सञ्चालन गर्नेछ । महाराजगंज र बालकुमारी पछि यो मेगा मोटर्सको तेश्रो शोरुम हो ।

पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीप शारदाका अनुसार कलंकीको यो नयाँ शोरुम सञ्चालनमा आएसँगै हाम्रो ग्राहक केन्द्रित सेवा विस्तारमा थप सहजता हुनेछ र उपत्यका कुनैपनि ठाउँका ग्राहकहरुलाई सजिलैसँग सेवा प्रदान गर्न सकिने छ ।

कम्पनीका अनुसार काठमाडौं उपत्यकाको बढ्दो मागलाई मध्यनजर गर्दै सहज आपूर्तिको लक्ष्य सहित यो शोरुम सञ्चालनमा ल्याइएको हो । साथै, अब उक्त शोरुमबाट पनि निशानको नयाँ लोगो भएको ’बिग. बोल्ड. ब्युटिफुल.’ म्यागनाइट खरिद गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.