९० प्रतिशत निर्माण सम्पन्न हुँदा यस्तो देखियो चोभारको सुख्खा बन्दरगाह (फोटो फिचर)

  २०७८ असार १४ गते २१:४८     विकासन्युज

काठमाडौं । चोभारमा निर्माणाधिन सुख्खा बन्दरगाह असार मसान्तपछि सञ्चालन गर्न सकिने भएको छ ।

इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभारको सुक्खा बन्दरगाह यही असार मसान्तभित्र सम्पन्न गरीसकिने बताए । बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भइसकेको, बन्दरगाह सञ्चालनका लागि पूर्वाधार बनिसकेको र साथै केही बाँकी रहेका काम पनि यसै आर्थिक वर्षभित्रैमा सम्पन्न गरिसकिने उनले बताए

विरगञ्ज, विराटनगर, भैरहवा र नेपालगञ्जमा क्लियर नगरी सामग्री एकैचोटी काठमाडौंमै क्लियर गर्न सकिने हुँदा बन्दरगाहले व्यापारलाई सहजीकरण र सामानको ढुवानी ओसार–पसार गर्ने मूल्यलाई घटाउन योगदान गर्ने उनकाे भनाइ छ । बन्दरगाहको लागत अनुमान भने १ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.