बिजुली उत्पादन हुने भएपछि माथिल्लो तामाकोशीको सेयरमा आकर्षण

  २०७८ असार १४ गते १९:५६     विकासन्युज

काठमाडौं । बिजुली उत्पादनको मिति सार्वजनिक गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । आयोजनाले यही असार मसान्तमा दुई वटा यूनिटबाट १५२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध गराउने घोषणा गरेको छ । सोही कारण पनि लगानीकर्ताको चासोमा सो कम्पनीको सेयर परेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज मात्रै सो कम्पनीको कूल आठ लाख दुई हजार ४८७कित्ता सेयर ६६ करोड ९४ लाख ४८ हजार ९८९ मा खरीद बिक्री भयो ।

अघिल्ला दुई कारोबार दिनमा सो कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको थियो । आज पनि सो कम्पनीको सुरुआती कारोवारमा सकारात्मक सर्किटको मूल्यसम्म नै वृद्धि भएको थियो । नेप्सेको विवरण अनुसार सो कम्पनीको सेयर बिक्रीमा अधिक बिक्री चाप पर्यो ।

आज बजार बन्द हुँदा सो कम्पनीको शेयर प्रतिकित्ता ७९० रुपैयाँमा रोकिएको छ । कारोवार समयसम्म माथिल्लो तामाकोशीको सेयरमा प्रतिकित्ता ११० रुपैयाँको उतारचढाव देखिएको छ ।

कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको दुई वटा यूनिटबाट बिजुली उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.