पूँजीवादी समाज र नाफा-घाटाको सम्बन्ध

  २०७८ असार १२ गते १५:३९     सुजन राई

लेखक

निरन्तर परिवर्तनको नियम समाज परिवर्तनको नियम हो । हामीले बाँचिरहेको र देखिरहेको समाज हजारौ वर्षको परिवर्तन र विभिन्न विकासको चरणहरु पार गर्दै यहाँसम्म आइपुगेको हो । वर्तमान समाज पनि यहि अवस्थामा रहिरहदैन यो परिवर्तनशिल छ । समाजको विभिन्न तत्वहरुमा निरन्तर परिवर्तनले गर्दा नै समग्र समाज विकासको चरणमा परिवर्तन आउने गर्दछ ।

वर्तमान नेपाली समाजको कुरा गर्ने हो भने नेपाली समाज सामन्तवादी समाजको अन्ततिर र पूँजीवादी समाजको जर्मराउदो र र्भभराउदो अवस्थामा छ । नेपाली समाजमा हाल पूँजीवादी अर्थ–व्यवस्थाको अतिक्रमणको अवस्थामा छ । पूँजीवादी अर्थ व्यवस्थाको हतियार पैसा हो । यसले सामाजिक वर्गको विकास सम्पतिको आधारमा तय गर्छ । धन हुने र नहुनेबीच खाडल पैदा गर्दछ । पूँजीवादी अर्थ–व्यवस्थाले बजारमा निर्भर हुन सिकाँउछ, उपभोक्तावादी संस्कृतिको वढावा गर्दछ भने मानविय सम्बन्ध केवल नाफा र घाटाको आधारमा स्थापित गर्न प्रेरित गर्दछ ।

मानविय सम्बन्धको मूख्य कडी भावना हो तर पूँजीवादी अर्थ–व्यवस्थाले भावनात्मक सम्बन्धको अन्त्य गरिदिन्छ । हरेक सम्बन्धमा नाफा खोज्न प्रेरित गर्छ, नाफा बिहिन सम्बन्धको यो व्यवस्थामा कुनै आयु र अर्थ रहदैन । भावनात्मक सम्बन्धको के कुरा रगतको सम्बन्धमा समेत स्वार्थ पालेर सम्बन्ध निभाउछ मान्छेहरु । यो अर्थ–व्यवस्थाले मानिसहरुलाई लोभी र स्वार्थी हुन त सिकाँउछ नै मानविय सम्बन्धमा जालझेल र सम्बन्धमा केहि समस्या आएमा समाधानको साटो नयाँ व्यक्ति सँग सम्बन्ध जोड्नमा नाफा देखाउँछ ।

यसरी पूँजीवादी अर्थ व्यवस्थाले मानविय सम्बन्ध नै ध्वस्त पारिदिन्छ । यसले केहि हदसम्म व्यक्तिगत स्वतन्त्रताको छनौट त देला तर मानिस सामाजिक प्राणी भएको कारण स्वतन्त्रताको नाममा समाजबाट एक्ल्याइदिन्छ र जिम्मेवारीताबाट टाढिन मद्दत गर्दछ । असामाजिक र स्वार्थ छनौटमा अब्बल बनाउँछ । नेपाली समाजमा पनि पूँजीवादी अर्थ–व्यवस्थाले सामाजिक र मानविय सम्बन्धमा यसको असर देखाउन थालेको छ । सम्पत्तिकै लागि आफ्नै बाउ आमामाथि मुद्दा लगाउनु र बेसहारा बनाएर वृद्धा आश्रम पु¥याइनु यसकै ज्वलन्त उदाहरण हो । पूँजीवादी अर्थ–व्यवस्थाले यसको रङ देखाउन अझै बाँकी छ, यसले मानविय सम्बन्ध खोक्रो पारिदिनेछ । नेपाली समाजको मानविय सम्बन्धमाथि पूँजीवादी संस्कृति हावी हुन नदिएर मानविय सम्बन्धलाई यान्त्रिकीकरण हुन नदिने उपाय भनेको नेपाली संस्कार र संस्कृतिको जगेर्णा गर्न एक मात्र उपाय हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.