नेपालमा खोप परीक्षण हुने

  २०७८ असार ८ गते १४:१३     विकासन्युज

काठमाडाैं । नेपालमा कोरोना विरुद्धको खोपको परीक्षण गर्न बाटो खुलेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले विदेशमा उत्पादन/अध्ययन/परीक्षण भइरहेको खोपलाई नेपालमा पनि परीक्षण गर्न सक्ने सैद्धान्तिक सहमति दिदैँ बाटो खोलेको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदिप ज्ञवालीले मन्त्रीपरिषद्को बैठकले गरेको निर्णयले नेपाली जनताले खोप पाउने विषय पनि सहज हुने बताए । अहिले विश्वभरिका जनताले लगाइरहेको खोप पनि परीक्षणमै रहेकोले नेपालले खोप उत्पादक कम्पनी अथवा देशलाई परिक्षणको लागि अनुरोध गर्न सकिने बताए ।

परीक्षण गर्न आउने खोप उत्पादकले र त्यो देश जनताको अधिकतम हितलाई ध्यान दिएर काम गर्ने हुँदा अन्यथा लिन नहुने पनि डा. ज्ञवालीले बताउँछन् ।

नेपालमा हेपाटाइटिस, कालाजार, मलेरिया, जापनिज इन्सेफ्लाइटिस जस्ताको सफल परीक्षण भएकोले कोरोना विरुद्धको खोपको परीक्षण पनि फाइदाजनक हुने डा. ज्ञवालीले बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना सम्बन्धी विभिन्न अध्ययन गरिरहेको बताएको छ । साथै आगामी असार १७ र १८ गते काठमाडौंमा यससम्बन्धी बृहद सम्मेलन गर्न लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.