अन्तर्राष्ट्रिय उडानमा बढी भाडा लिएको सम्बन्धमा छानविन गर्न समिति गठन

  २०७८ असार ८ गते ९:३६     विकासन्युज

काठमाडौं । चार्टड तथा उद्धार उडान अन्तरगत अन्तर्राष्ट्रिय उडानमा बढी भाडा लिएको विषयमा छानविन गर्न एक समिति गठन गरिएको छ ।

नियमित उडान बन्दको मौकामा ट्राभल एजेन्सीले बढी भाडा लिएको गुनासोपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले ५ सदस्सीय छानविन समिति गठन गरेको हो ।

मन्त्रालयले सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा ५ सदस्य छानविन समिति गठन गरेको हो।

ट्राभल एजेन्सीले हवाई भाडा बढी लिएको भन्दै गुनासो तथा सञ्चार माध्यममा समाचार आएको भन्दै मन्त्रीस्तरीय निर्णयबाट छानविन समिति गठन गरिएको जनाईएको छ ।

साउदी अरब लगायतका विभिन्न गन्तव्यमा नियमित उडानको तुलनामा चार गुणासम्म बढी भाडा लिएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.