कृषि विकास बैंकका ग्राहकले हर्जाना ब्याजमा शतप्रतिशतसम्म छुट पाउने

  २०७८ असार ७ गते १५:१०     विकासन्युज

काठमाडाैं । कृषि विकास बैंकका ग्राहकले हर्जाना ब्याजमा शतप्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकबाट कर्जा सुविधा लिई कारोबार गरिरहेका ग्राहकले ५० प्रतिशतदेखि शतप्रतिशतसम्म  छुट पाउने भएका हुन् ।

बैंकले २०७८ साल असार मसान्तभित्र कर्जाको किस्ता तथा ब्याज बुझाउने ग्राहकलाई हर्जाना ब्याजमा ५० प्रतिशतदेखि शतप्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको हो ।

साथै, बैंकले सबै ग्राहकलाई यस छुटकाे उपयाेग गरी लाभान्वित हुन अनुराेध गरेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.