चेम्बरद्धारा बाढी पिडितहरुको लागि राहत सामाग्री हस्तान्तरण

  २०७८ असार ६ गते १५:२०     विकासन्युज

काठमाडाैं । नेपाल चेम्बर अफ कमर्शले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची तथा हेलम्बु र मनाङ जिल्लाकाे बाढी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकाे छ ।

चेम्बरले ३ स्थानमा राहत सामाग्रीको रुपमा त्रिपाल, चामल नून,चिउरा, मस्यौरा तथा दाल उपलब्ध गराएको हाे ।

उक्त राहत सामाग्री मनाङको लागि काठमाडाैंस्थित मनाङ समाज सेवा समितिका कोषाध्यक्ष चुयुङ गुरुङ र हेलम्बु तथा मेलम्चीका बाढी पिडितका लागि सिन्धुपाल्चोक चेम्बर अफ कमर्सका अध्यक्ष भक्तलाल श्रेष्ठलाई अध्यक्ष राजेन्द्र मल्लले हस्तान्तरण गरेका थिए ।

हालैको भिषण वर्षाको कारण आएकाे बाढीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची तथा हेलम्बु र मनाङ जिल्लामा जनधनको क्षती पुर्याई त्यस क्षेत्रका वासिन्दाहरु घरवारबिहीन छन् ।

यसै सिलसिलामा सिन्धुपाल्चोक तथा मनाङ जिल्लाका बाढी पिडितहरुको लागि नेपाल चेम्वर अफ कमर्सले राहत सामाग्रीको रुपमा त्रिपाल, चामल नून,चिउरा, मस्यौरा तथा दाल उपलब्ध गराएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.