अभिनेता अजय देवगनले किने १ अर्बको नयाँ घर, ३० कराेड ऋण, यस्तो छ नयाँ घर

  २०७८ असार ६ गते १४:३८     विकासन्युज

काठमाडाैं । भारतीय अभिनेता अजय देवगनले करिब १ अर्ब नेपाली रुपैयाँ अर्थात ६० करोड भारतीय रुपैयाँमा नयाँ घर खरिद गरेका छन् ।

उनले मुम्बईस्थित जुहु क्षेत्रमा ६० कराेड भारतीय रूपैयाँमा नयाँ घर खरिद गरेको भारतीय सञ्चार माध्यमले लेखेका छन् ।

उनले नयाँ घर खरिद गर्नको लागि १९ करोड भारु अर्थात ३० करोड नेपाली रुपैयाँ ऋण लिएको पनि बताइएको छ । यो नयाँ घर अजय र उनका आमा वीणा देवगनको नाममा रहेको बुझिएको छ ।

भारतको एक लोकप्रिय अखबरमा छापिएको समाचार अनुसार हालसम्म अजय देवगनले नयाँ घरको मूल्य नखुलाएपनि रियल स्टेट विजनेससँग जोडिएका सुत्रका अनुसार उक्त घर ६० करोड भारुको हाे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.