कुमारी बैंकद्वारा मेलम्चीका बाढी पिडितलाई सहयोग

  २०७८ असार ६ गते १३:२२     विकासन्युज

काठमाडौं । कुमारी बै‌कले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका क्षेत्रका बाढी र पहिराे प्रभावितलाई राहत सहयाेग गरेकाे छ ।

बैंकले प्रभावित समुदायका लागि ३०० थान दैनिक उपभोग्य खाद्य सामग्री, अस्थायी बसोबास गर्नका लागि टेन्ट, ५०० कम्बल, महिलाहरू तथा शिशुहरूका लागि प्रयोग हुने अत्यावश्यक सामग्रीका साथै अत्यावश्यक औषधीहरू प्रदान गरेको छ ।

केहीदिन देखिको लगातार वर्षाको कारण देशको विभिन्न भागमा बाढी–पहिरोले पुर्याएको जनधनको क्षति एवं विनाशले आफुहरु स्तब्ध भएको र याे सहयाेगले पिडितलाई केही सम्म राहत मिल्ने आशा आफुहरुले राखेकाे बैंकले जनाएकाे छ ।

उक्त राहत सामाग्री कुमारी बैंक मेलम्ची शाखाका शाखा प्रमुख बिनोद भक्त श्रेष्ठले मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालज्यूलाई हस्तान्तरण गरेका थिए ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९४ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.