कर्पोरेट डेभलपमेन्ट बैंकले असार २५ गते बोलायो वार्षिक साधारणसभा

  २०७८ असार ४ गते ११:२०     विकासन्युज

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले आगामी असार २५ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । बैंकले आफ्नो तेह्रौं वार्षिक साधारणसभा सो दिन बिहान ७ः३५ बजे पर्साको वीरगंजस्थित बैंकको प्रधान कार्यालयमा बस्न लागेको हो ।

सभाले आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ ।

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक र अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज तथा प्राप्तिको लागि संस्थाका सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धी विशेष प्रस्तावलाई सभाले पारित गर्दै छ ।

साथै, असार ४ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.