शनिबार ६ हजार २९५ जनाले जिते काेराेना

  २०७८ जेठ २९ गते १७:०३     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार २९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ६ हजार २९५ जनाले दोश्रो लहरको कारोना जितेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार देशभरका प्रयोगशालामा ८ हजार५०६ जनाको पिसिआर र ५ हजार ९८८ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत २ हजार ३८२ जना र एन्टीजेटमाफर्त १ हजार २ जना संक्रमित पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ । यससँगै हालसम्म मृतकको संख्या ८ हजार ३६६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.