गभर्नर अधिकारीले भनेः व्यावसायिक वातावरण सिर्जना गर्न विदेशी लगानी सम्बन्धि नीति गेम चेञ्जर बन्नेछ

  २०७८ जेठ २५ गते १५:०२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकले ल्याएको बिदेशी लगानी तथा विदेशी ऋण ब्यवस्थापन बिनियमावली देशमा लगानीको वातावरण सिर्जना गर्न गेमचेञ्जरको रुपमा काम गर्ने बताएका छन् ।

मंगलबार बिदेशी लगानी तथा विदेशी ऋण ब्यवस्थापन बिनियमावली–२०७८ जारी गर्दै उनले अब देशमा वैदेशि लगानी भित्र्याउन र देशमा लगानी तथा व्यावसायिक वातावरण सिर्जना गर्न यो नीति गेमचेञ्जर बन्ने बताएका हुन् ।

यस्तै, उनले यो नीतिले देशका उद्यमीको लगानी गर्ने आत्मबल बढ्ने र समग्र देशको अर्थतन्त्रमा टेवा पुग्ने धारणा राखेका छन् । राष्ट्र बैंकले अब विदेशी लगानीकर्ताले प्रत्यक्ष वैदेशिक लगानी नेपालमा भित्र्याउन नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको बिनियमावली भनिएको छ,‘ विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरे पश्चात सोबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिन अनिवार्य हुनेछैन । तर, विदेशी लगानी स्वीकृत भए पश्चात विदेशी मुद्रा भित्र्याउनु वा पठाउनु पूर्व, अनुसूची–२ को ढाँचामा एकाईमा लिखित जानकारी दिनु पर्नेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.