घरजग्गा सम्बन्धी सम्पुर्ण सहयाेगकाे लागि ‘जेनियुन हाेम सर्भिस गाइड’

  २०७८ जेठ १९ गते १४:१९     विकासन्युज

काठमाडौ । घर जग्गा सम्बन्धी सम्पुर्ण सहयोगको लागि निर्माण साथीले जेनियुन होम सर्भिस गाइड सेवा सुरु गरेको छ ।

निर्माण तथा मर्मत सम्बन्धीको इ कमर्श कम्पनी निर्माण साथीले घरजग्गामा हुने मानिसको ठुलो लगानीलाई उच्चतम प्रतिफल दिने उदेश्यको साथ नयाँ वेबसाइट संचालनमा ल्याएको हो ।

यस मार्फत ग्राहकहरुलाई कम्पनीले जग्गा किन्ने बेलादेखि नै सल्लाह सुझाव र परामर्श दिई सेवाग्राहीलाई मार्गनिर्देशन दिनेछ । यस्तै कम्पनीले घर बनाउने योजनादेखि घरको नक्सा निर्माण कर्मीको छनोट निर्माण सुपरिवेक्षक सजावट हुँदै निर्माण सम्पन्न हुने समयसम्म आउने सम्पुर्ण चरणहरुमा आवश्यक जानकारीहरु सहजै प्रदान गर्नेछ ।

साथसाथै कम्पनीले घरजग्गा खरिद बिक्रिलाई सुरक्षित बनाउन भरपर्दो प्ल्याटफर्म लिएर आएको छ । यसमा ग्राहकहरुले आफ्नो घरजग्गाको वितरणहरु उल्लेख गरी नि शुल्क सुचिकृत गर्नसक्नेछन् ।

निर्माण साथी करीब दुई बर्षदेखि निर्माण तथा मर्मत सम्बन्धी सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.