आइतबार ६ हजार २०५ जनाले जिते काेराेना, गएकाे हप्ताभन्दा १७.५ प्रतिशतले घट्याे संक्रमण

  २०७८ जेठ १६ गते १६:३०     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार २०५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणमुक्त भएका सगैँ हालसम्म चार लाख ४० हजार ९५५ जनाले कोरोना जितेका छन् ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ४ हजार ३६९ जनामा संक्रमण पुष्टि भएको छ । यो सगैँ हालसम्म ५ लाख ५७ हजार ७९१ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयकाे अनुसार गएकाे हप्ताकाे दाँजाेमा नेपालमा १७.५ प्रतिशतले संक्रमण दर घटेकाे छ । यद्यपी ६ वटा प्रदेशमा संक्रमण घट्दै गएकाे देखिए नि गण्डकीमा भने ५०.८ प्रतिशतले बढेकाे मन्त्रालयले जनाएकाे छ ।

यस्तै आज काेराेना संक्रमणकाे कारण १०९ जनाकाे मृत्यु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.