थप ६ हजार ४०४ संक्रमित निको भए, करिब ६ लाखले लगाए दोश्रो खोप

  २०७८ जेठ ११ गते १७:३१     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ४०४ जना कारोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै ४ लाख ४ हजार ८८७ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ८ हजार ६३६ जनामा कोरोना पुष्टि भएको छ । २२ हजार ९९६ जनाको परिक्षण गर्दा सो मात्रामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १६९ जना संक्रमितको भने मृत्यु भएको छ । नेपाली सेनाद्धारा विभिन्न मितिमा शव व्यवस्थापन गरेको समेत गरी १६९ जनाको मृत्यु भएको हो ।

साथै, हालसम्म २१ लाख १३ हजार ८० जनाले पहिलो मात्राको खोप लगाएका छन् भने ५ लाख ९३ हजार ७५५ जनाले दोश्रो मात्राको खोप लगाई सकेका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.