युनिफाइड अस्पतालको प्रमुखको जिम्मा डा. गौतमलाई

  २०७८ जेठ १० गते १७:३८     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड–१९ केन्द्रीय अस्पताल प्रमुखको जिम्मा पाएका छन् ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गौतमलाई युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतको जिम्मा दिएको हो । गौतमले मंगलबारदेखि कार्यभार सम्हाल्ने तयारी भएको जनाईएको छ ।

सरकारले हालै जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशमा वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल रुपमा सञ्चालन गर्ने कानुनी प्रबन्ध गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रत्यक्ष कमाण्डमा सञ्चालन हुने उक्त अस्पतालको नेतृत्व निजामती सेवाको राजपंत्राकित प्रथम श्रेणी वा स्वास्थ्य सेवाको ११ औं तहको वरिष्ठ अधिकारी वा वरिष्ठ चिकित्सकले गर्ने व्यवस्था छ ।

डा. गौतम र इन्सिडेन्ट कमाण्ड सिष्टमका प्रमुख डा. गुणराज लोहनी केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीका मुख्य दाबेदारका मानिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.