साेमबार ७ हजार १३५ जनाले जिते कोरोना

  २०७८ जेठ १० गते १६:५०     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका ७ हजार १३५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणमुक्त भएका सगैँ हालसम्म तीन लाख ९८ हजार ४८३ जनाले कोरोना जितेका छन् ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २० हजार ४५३ जनाको नमुना परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको छ । यो सगैँ हालसम्म ५ लाख २० हजार ४६१ जनामा संक्रमण पुष्टि भएको छ ।

आज थप १८५ जनाको मृत्यु भएसँगैं देशभर कोरोनाको कारण मृत्यु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.