पहिलाे खाेप लगाएकालाई १६ हप्ताभित्र दाेस्राे खाेप लगाउने तयारीमा स्वास्थ्य मन्त्रालय

  २०७८ जेठ १० गते १५:५२     विकासन्युज

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेभिडकाे पहिलाे खाेप लगाएकालाई १६ हप्ताभित्र दाेस्राे खाेप लगाउने तयारी भइरहेकाे जानकारी दिएकाे छ ।

मन्त्रालयका काेभिड-१९ केस म्यानेजमेन्टका प्रमुख विशेषज्ञ डा, राेशन पाेखरेलले मन्त्रालयले पहिलाे खाेप लगाएकाहरुकाे लागि १६ हप्ताभित्र खाेप लगाउने तयारी भइरहेकाे बताएका हुन् ।

यसअघि पहिलाे खाेप लगाएकाे १२ हप्तासम्म दाेस्राे डाेज खाेप लगाउने गाइडलाइन्स रहेकाे थियाे । डा. राेशनकाे अनुसार भारतले पठाएकाे नयाँ गाइडलाइन्सलाई पालन गर्दै ४ महिनाभित्र दाेस्राे डाेज खाेप लगाउने तयारी भइरहेकाे छ ।

उनले पहिलाे खाेप लगाएर दाेस्राे खाेप नलगाएकाे अवस्थामा असर नगर्ने पनि बताएका छन् । पहिलाे खाेप लगाएका अवस्थामा खाेपले काम गर्ने र दुवै डाेज लगाएकाे अवस्थामा थप काम गर्ने उनले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.