निषेधाज्ञामा बैंकको सहयोग नमिलेको उद्योगीको गुनासो, खर्च धान्न नसकेर व्यवसाय संकटमा

  २०७८ जेठ ५ गते १७:१८     विकासन्युज

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न निषेधाज्ञामा उद्योगीहरुले बैंकबाट सहयोग नमिलेको गुनासो गरेका छन् । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणका अनुसार उद्योगीहरुले आफुहरुलाई सहयोग नगरेको गुनासो गरेका हुन् ।

राष्ट्र बैंकले गरेको सर्वेक्षणका अनुसार निषेधाज्ञामा उद्योगीहरुले मुख्य पाँच वटा समस्याहरु देखाएका छन् । बजार माग घटेर कारोबारमा ह्रास आएको, पुनरकर्जा तथा सहुलियत कर्जा प्राप्त गर्न कठिनाइ भएको, थप कर्जा प्राप्त गर्न कठिनाइ भएको, बैंकको किस्ता तिर्न कठिनाइ भएको र बैंकको सहयोग प्राप्त नभएको लगायतका समस्याहरु उद्योगीहरुले राखेका हुन् ।

सञ्चालनमा आउन नसकेका अधिकांश उद्योगी/व्यवसायीहरुले कोभिड–१९ का कारण बजार माग घटेर चालु खर्च धान्न समस्या रहेको कारण उद्योग/व्यवसाय सञ्चालनमा ल्याउन नसकेको बताएका छन् । उद्योग/व्यवसाय सञ्चालनमा ल्याउन नसकेकामध्ये केहीले व्यक्तिगत कारणले गर्दा अब उद्योग/व्यवसाय पुनः शुरु गर्न नचाहेको बताएका छन्भने केहीले निकट भविष्यमा पुनः सञ्चालनमा ल्याउने बताएका छन् ।

सञ्चालनमा आउन नसकेका अधिकांश उद्योगी/व्यवसायीहरुले बन्द उद्योग÷व्यवसायहरु पुनः सञ्चालनमा ल्याउन समस्यामा रहेका उद्यमीहरुलाई लक्षित पुनरकर्जा तथा सहुलियतपूर्ण कर्जालगायतका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.