सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा अनिल ज्ञवाली नियुक्त, बैंकिङ्ग क्षेत्रमा साढे तीन दशक लामो अनुभव

  २०७८ जेठ ४ गते २०:४२     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको स्वतन्त्र संचालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । जेठ ४ गते मंगलबार बसेको ३६२औं सञ्चालक समितिको बैठकले ज्ञवालीलाई स्वतन्त्र संचालकमा नियुक्त गरको हो ।

बैंठकले आगामी असार १ गतेदेखि लागु हुने गरि ज्ञवालीलाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । सुदेश खालिङको राजिनामा पछि रिक्त हुन गएको स्वतन्त्र संचालकको पदमा अनिल ज्ञवालीलाई नियुक्त गरिएको हो ।

नवनियुक्त स्वतन्त्र संचालक ज्ञवालीसँग बैंकिङ्ग क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव रहेको छ । शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित ज्ञवालीले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि सकेका छन् ।

बैंकमा सहायक प्रबन्धक बाट बैंकिंग पेशा शुरु गरेका ज्ञवालीसँग विदेशी बैंकको उच्च ओहदामा रही कार्य सम्पादन गर्नुका साथै नेपालका ठूला २ वटा वाणिज्य बैंक तथा नेपाल पुर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पादन गरेको लामो अनुभव रहेको छ । फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ज्ञवालीसँग अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभव समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.