गाेर्खा ब्रुअरीसहित दुई संस्थाले सरकारलाई २० कराेड बराबरकाे स्वास्थ्य सामाग्री दिने

  २०७८ जेठ ४ गते १६:२२     विकासन्युज

काठमाडाैं । गाेर्खा ब्रुअरीसहित दुई संस्थाले संयुक्त रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २० कराेडभन्दा बढी रकमकाे स्वास्थ्य सामाग्री सहयाेग गर्ने भएकाे छ ।

गाेर्खा ब्रुअरी, सिंगापुरस्थति तामाकाेशी फाउण्डेसन र लाेटस लाइफ फाउण्ढेसनले संयुक्त रुपमा मन्त्रालयलाई २० कराेडभन्दा बढी रकमकाे स्वास्थ्य सामाग्री सहयाेग गर्ने भएकाे हाे ।

गाेर्खा ब्रुअरीले मंगलबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयलाई आफुहरुले संयुक्त रुपमा भेन्टिलेटर्स, बाइप्याप मेसिन, पल्स अक्सिमिटर, फाेर्टिट्युड किट र स्वाबस सहयाेग गर्न घाेषण गरेकाे छ ।

काेराेना संक्रमणकाे दाेस्राे लहरमा मानिसहरुलाई बचाउन सरकारलाई सहयाेग गर्न पाउँदा हर्षित भएकाे कम्पनीले जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.