वीर अस्पतालमा चाैधरी फाउण्डेसनले १८ शैयाको आईसीयू वार्ड र नबिल बैंकले अक्सिजन प्लान्ट स्थापना गर्ने

  २०७८ जेठ ४ गते १२:०५     विकासन्युज

काठमाडौं । वीर अस्पतालमा चाैधरी फाउण्डेसनले १८ शैयाको आईसीयू वार्ड र नबिल बैंकले अक्सिजन प्लान्ट स्थापना गर्ने भएकाे छ । फाउण्डेसन र बैंकले अस्पतालसँग यस विषयमा मंगलबार समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

फाउण्डेसनका तर्फबाट उपाध्यक्ष निर्वाण चौधरी, प्रतिष्ठानका उपकुलपति प्रा.डा. देवनारायण शाह र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

सरकारले वीर अस्पताललाई ‘केन्द्रीय कोभिड अस्पताल’ घोषणा गरेको छ । वीर अस्पतालको नयाँ भवनलाई अक्सिजन प्लान्टसहितको आईसीयू वार्ड बनाउन यस्तो पहल गरिएकाे फाउण्डेसनले जनाएकाे छ ।

नबिल बैंकद्वारा स्थापना गरिने अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक मिटर/प्रतिघण्टा रहनेछ । यसअनुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिनेछ ।

चौधरी फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले आक्रान्त मुलुकलाई जिम्मेवार कर्पोरेट नागरिकको रूपमा सहयोग गर्न पाउँदा आफूहरूलाई सन्तोष लागेको बताP । ‘कोरोनालाई परास्त गर्न हाम्रो संयुक्त प्रयास आवश्यक छ,’ उनले भने, ‘हरेक नागरिक, सामाजिक संघसंस्था, कर्पोरेट हाउस अहिले एकजुट भएर सार्वजनिक अस्पतालहरूसँग सहकार्य गर्दै अत्यावश्यक पूर्वाधार निर्माणमा सरिक हुनुपर्ने बेला आएको छ ।’

यस्तै नाम्स उपकुलपति शाहले यस्तो कठिन घडीमा कोरोना उपचारका लागि अत्यन्तै संवेदनशील मानिने आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने फाउण्डेसन र बैंककाे निर्णयले सयौं कोरोना बिरामीलाई जीवनदान दिने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.