बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष खड्काले आफु चढ्ने गाडीलाई एम्बुलेन्स बनाए

  २०७८ जेठ ३ गते १७:०४     विकासन्युज

काठमाडौं । अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकामा कोरोना संक्रमण दर बढ्न थालेपछि अध्यक्षले आफु चढ्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्ने निर्णय गरेका छन् । पालिकामा कोरोनाका बिरामीको चाप बढ्दै गएपछि अध्यक्ष राजेन्द्र बहादुर खड्काले आफु चढ्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्ने निर्णय गरेका हुन् ।

पालिकामा कोरोनाको संक्रमणदर उच्च रहेको र एबुलेन्सको अभाव भएको कारणले आफुले चढ्ने सवारी एबुलेन्सको रूपमा प्रयोग गर्ने निर्णय गरेको उनले बताए । खड्काले चढ्ने गाडी आजबाट एबुलेन्सको रूपमा प्रयोग हुने भएको छ । कोरोना संक्रमति बिरामी बोक्न, स्वाब परीक्षणका लागि अस्पतालसम्म लैजान तथा अन्य आवश्यक कामका लागि गाडी प्रयोग हुने उनको भनाई छछ ।

पालिकाले यसअघि एउटा गाडी भाडामा लिएरै भए पनि बिरामीलाई बोक्न प्रयोग हुँदै आएको छ । अध्यक्ष खड्काले पालिकाका वडादेखि गाउँटोलबाट बिरामी लिएर अस्पताल पु¥याउन गाडी भाडामा लिएर जनतालाई निःशुल्क सेवा दिइने बताए ।

पालिकाले सर्वसाधारणहरुको पीसीआर परीक्षण पहिलो चरणमा गरी सकेको छ । कोरोनाको लक्षण देखिएका नागरिकहरूको पीसीआर पनि पालिकाले निःशुल्क गर्दै आएको उनको भनाई छ । हाल पालिकामा २ सय जना सक्रिय कोरोना संक्रमित छन् भने २ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.