अक्सिजन सिलिण्डर लिन बेइजिङ जाँदै निगम

  २०७८ जेठ ३ गते १६:१९     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन चीन जाने भएको छ । चीन सरकारले अनुदानमा दिन लागेको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन निगमको जहाज सोमबार साँझ बेइजिङ जान लागेको हो ।

शनिबार ओमानबाट अक्सिजन सिलिण्डर ल्याउर बेइजिङ गएको निगमको जहाजले आईतबार ४ सय थान अक्सिजन र १३० थान अक्सिजन कन्सर्नटेटर ल्याएको थियो । यस्तै आईतबार साँझ बेइजिङ उडेको जहाजले सोमबार बिहान ५७५ थान अक्सिजन र २७ थान अक्सिजन कन्सर्नटेटर ल्याइसकेको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए ।

उनका अनुसार आईतबार र सोमबार मात्र निगमले बेइजिङबाट ९७५ थान अक्सिजन सिलिण्डर र १५७ थान अक्सिजन कन्सर्नटेटर ल्याईसकेको छ । यस्तै, चिनियाँ अनुदानको सामग्री लिन सोमबार र मंगलबार बेइजिङ जानेछ ।

महाप्रबन्धक पौडेलल सामाजिक सञ्जालमा लेखेका छन, ‘दुई उडान सकेपछि जहा जे पाईन्छ ल्याउने । तर अभाब अक्सिजन जेनेरेटरको हो । खोप को हो । सरकारको प्राथमिकता पनि त्यतै छ । सरकार र यसका निकायहरु एवं नेपाल वायुसेवा निगमले सकेको गरेको छ । आशा गरौं देशले कोरोना माथी बिजय प्राप्त गर्नेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.