अब खाद्यले ग्यास पनि बिक्री गर्ने, निःशुल्क होम डेलिभरीको सेवा

  २०७८ जेठ ३ गते ११:२६     विकासन्युज

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निषेधाज्ञासगैँ ग्यासको बिक्री वितरण सुरु गरेको छ । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडबाट ८० वटा सिलिण्डर ल्याएर कम्पनीले बिक्री सुरु गरेको हो ।

यसअघि खाद्य पदार्थ (चामल, दाल, नुन, तेल) को बिक्री वितरण गर्दै आएको कम्पनीले उपभोक्ताको माग अनुसार खाना पकाउने एलपी ग्यासको बिक्री वितरण सुरु गरेको जनाएको छ ।

कम्पनीका काठमाडौं उपत्यकामा रहेका बिक्री केन्द्रबाट ग्यास बिक्री वितरण सुरु गरिएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् । उनका अनुसार हाल सेवाग्राहीले रामशाहपथ, सूर्यविनायक, नख्खु र थापाथलीबाट उपभोक्ताले ग्यास किन्न पाउनेछन् । कम्पनीले सिलिण्डरसहित ३५ सय रुपैयाँ र ग्यास मात्रै १४ सय रुपैयाँ तोकेको छ ।

कम्पनीको बिक्री केन्द्रहरु थापाथली र नख्खु विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म तथा रामशाह पथ र सुुर्यविनायक बिहान ७– १० सम्म खुुुला गरिएको छ ।

अनलाईन सेवा

कम्पनीले बिक्री काउन्टर सहित अनलाईन मार्फत खाद्य पदार्थको बिक्री वितरण गर्दै आएको छ । कम्पनीका उत्पादनहरु कम्पनीको अनलाईन सेवा (नेपाल फुड) तथा इ–कमर्श सेवा सस्तोडिल डटकम मार्फत खरिद हुँदै आएकोमा कम्पनीले अनलाईन सेवालाई विस्तार गरेको छ ।

निषेधाज्ञासँगै खाद्य ढुवानीमा आएको समस्यालाई मध्यनजर गर्दै कम्पनी आफ्नो अनलाइन सेवालाई विस्तार गर्न भन्दै आईतबारदेखि मुकुण्डो डटकमसँग सम्झौता गरेको छ ।

उपभोक्ताको माग अनुसार काठमाडौँ उपत्यकाभित्र नि:शुल्क रुपमा होम डेलिभरी सेवा दिन मुकुण्डोसँग सम्झौता गरिएको न्यौपानेले जानकारी दिइन् ।

खाद्यले नेपाल फुडमा आएको खाद्य पदार्थको होम डेलिभरीको माग अनुसार रिङ्गरोड भित्रका उपभोक्तालाई निःशुल्क रुपमा होम डेलिभरी सेवा प्रदान गर्दै आएको छ । यस्तै, सस्तोडिलले उपभोक्ताको माग अनुसार काठमाडौं उपत्यकाभर निःशुल्क रुपमा डेलिभरी सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले अनलाइन मार्फत अडर गर्न नेपाल बैंक र सेन्चुरी बैंकको खल्ती वा ई–सेवामार्फत ‘ई–पेमेन्ट’ गरेर सामान अर्डर गर्न सकिने व्यवस्था गरेको छ ।

कम्पनीले निःशुल्क डेलिभरी सेवाका लागि न्यूनतम रुपमा २ हजार रुपैयाँ र बढीमा ५ हजार रुपैयाँ बराबरको खाद्य पदार्थ खरिद गर्नुपर्ने प्रावधान राखेको छ । खाद्य पदार्थको छनोट गरेको सामान पाएपछि रकम भुक्तानी समेत गर्न सकिन्छ ।

कम्पनीले रकम भुक्तानीका लागि दुई विकल्प राखेको छ । कम्पीले सामान खरिदको अर्डर दिएपछि डिजिटल भुक्तानी मार्फत रकम भुक्तानी गर्नसक्ने वा सामान पाएपछि नगद नै दिनसक्ने गरी उपभोक्तालाई दुई विकल्प दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.