निषेधाज्ञामा पनि चार्टर्ड र उद्धारका उडान नियमित, १४ दिनमा २८७ हवाई उडानबाट २८ हजार बढीले लिए सेवा

  २०७८ जेठ २ गते १४:१३     विकासन्युज

काठमाडौं । गत बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा लागु गरिएको निषेधाज्ञा सँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका छन् । काेराेनाकाे दोस्रो लहरलाई ध्यानमा राख्दै सरकारले नियमित रुपमा हुँदै आएका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द गरेको हो ।

गत वैशाख २० गतेदेखि आन्तरिक उडान र वैशाख २३ गतेदेखि नियमति रुपमा हुने अन्तर्राष्ट्रिय उडान बन्द भएपनि चार्टड, उद्धार तथा कार्गाे उडानहरु भने सुचारु भएका छन् ।

पछिल्लो १४ दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ सय ८७ वटा उडान भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांक अनुसार बैशाख १८ गतेदेखि ३१ गते ( मे १ तारिखदेखि १४ तारिखसम्म) १ सय ४९ वटा अवतरण तथा १४८ वटा उडान भएका छन् ।

नियमित रुपमा हुने अन्तर्राष्ट्रिय उडानहरु बन्द भएपनि भारतको नयाँदिल्लीमा भने एयर बबल उडान सम्झौता अनुसार सातामा २ वटा उडान भइरहेका छ । एउटा नेपाल एयरलाइन्स बुधबार र एयर इन्डियाले शुक्रबार नेपाल–भारत उडान गर्दै आएका छन् ।

उक्त उडान मार्फत २८ हजार बढीले सेवा लिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार १४ दिनको अबधिमा १० हजार ६५१ जना स्वदेश त्रिभिएका थिए भने १७ हजार ६७६ जना बाहिरिएका थिए ।

७ लाख ६८ हजार किलो सामग्री ओसारपसार

१४ दिनको अवधिमा अन्तर्राष्ट्रिय उडान तथा चार्टर उडान मार्फत ७ लाख ६८ हजार ३ सय ७३ किलो बराबरको सामग्री ओसारपसार भएकाे छ । जसमा विश्वका विभिन्न देशबाट ३ लाख ६७ हजार ४ सय ८९ केजी सामान नेपाल भित्रिएकाे थियाे भने ४ लाख ८ सय ८४ केजी सामग्री निर्यात भएको विमानस्थल कार्यालयका प्रमुख प्रताप तिवारीले जानकारी दिए ।

यो बीचमा आयात गरिएको सामग्रीमध्ये धेरै मेडिकल सामाग्री तथा अक्सिजन सिलिन्डर रहेका छन् । उनका अनुसार मे १४ मा ५० हजार २ सय ९०, मे १३ मा १ हजार ९ सय ४, मे १२ मा ६४ हजार ४ सय ७४, मे ११ मा ४३ हजार ९ सय ८८ र मे १० मा १२ हजार २ सय केजी सामान विश्वका विभिन्न ठाँउबाट हवाई मार्गमार्फत नेपाल भित्रिएका हुन् ।

यसैगरी, मे ८ मा ३६ हजार ३ सय ८८, मे ७ मा २२ हजार ९ सय ४९, मे ६ मा ३० हजार ८ सय ३४, मे ५ मा ३६ हजार ५ सस ८, मे ४ मा २५ हजार ६ सय १५, मे ३ मा २७ हजार ८२, मे २ मा ४३ हजार २ सय २८ र मे १ मा २४ हजार २ सय २२ केजी सामान अन्तर्राष्ट्रिय उडान तथा चार्टर उडानबाट नेपाल भित्रिएको छ ।

आईतबार ५ अन्तर्राष्ट्रिय उडान

नियमित उडान बन्द भएपनि आईतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५ वटा उडान हुने भएको छ । विमानस्थल कार्यालयको तथ्यांक अनुसार आइतबार तीन वटा उडान तथा तीन वटा अतवरण हुने भएको छ ।

जसमा नेपाल वायुसेवा निगमको काठमाडौं–बेइजिङ, हिमालय एयरलाइन्सको काठमाडौं– कुमलिङ उडान तथा अवतरण र कतार एयरवेजको दोहा–काठमाडौं उडान तालिका रहेको छ ।

निगम र हिमालयको कार्गाे उडान भएतापनि कतार एयरवेजको चाटर्ड उडान रहेको छ । नेपालमा रोकिएका अमेरिकी नागरिक लैजाने अमेरिकी दुतावासको पहलमा उक्त चार्टर्ड उडाड हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.